Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथा खुल्ला एसइई छात्रा भलिबल, विजयी टिमलाई पुरस्कारसहित छात्रवृत्ति दिइने

सगरमाथा खुल्ला एसइई छात्रा भलिबल, विजयी टिमलाई पुरस्कारसहित छात्रवृत्ति दिइने

images
  • सेतोमसी सहकर्मी
  • सगरमाथा खुल्ला एसइई छात्रा भलिबल, विजयी टिमलाई पुरस्कारसहित छात्रवृत्ति दिइने
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा अवस्थित सगरमाथा आवासिय माध्यमिक विद्यालयमा एसइई दिएर बसेका छात्राको बीचमा भलिवल  प्रतियोगिता सुरु भएको छ । एसइई दिएर बसेका विद्यार्थीहरुको लागि खुल्ला भलिवाल खेल सन्चालन गरेको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    खेलको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले एसइई दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गरेर आयोजना गरिएको प्रतियोगिताले खेलप्रति विद्यार्थीको रुची बढाउने बताए ।  अबको केहि दिनमा एसइईको नतिजा सार्वजनिक हुने भएको कारणा विद्यार्थीलाइ आफ्नो रुचि भएको विषयमा अध्ययनसंगै खेललाई पनि निरन्तरता दिन उनले अनुरोध गरे। 

    images
    images
    images

    प्रतियोगितामा देवदह नगरभित्रका एसइई दिएका विद्यार्थीहरुको ६ वटा समुह सहभागी छ । प्रथम हुने समुहले नगद रु ८ हजार र प्रत्येक विद्यार्थीलाइ १० हजार बराबरको स्कोलरशिप दोस्रो  स्थान हासिल गर्ने समुहले नगद रु ६ हजार र प्रत्येक विद्यार्थीलाई ८ हजार बराबरको स्कोलरशिप र तृतीय स्थान हासिल गर्ने समुहले नगद रु ४ हजार र प्रत्येक विद्यार्थीलाइ ६ हजार बरावरको स्कोलरशिपको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मा.वि.
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।