राहुल देव सापकोटा, देवदह । आधुनिकीकरण र विभिन्न प्रकोपले समाजका विभिन्न मूल्य मान्यता परम्परा रीतिरिवाज हराउँदै जाने अवस्था सृजना भैरहेको छ ।
युवाहरू पलाएन हुने क्रम बढ्दो छ । तर आफ्नो गाउँ समाजका मूल्य मान्यतालाई संवर्द्धन र संरक्षण गर्नका लागि विगत तिन साता देखि खटिएका सगरमाथा सक्रिय समाजका युवाहरूले गाउँ सरसफाइ, आत्तिहाल्ने र पिङ हाल्ने जस्ता काम सम्पन्न गरेका छन ।
सुरुज पाण्डेको संयोजकत्वमा रहेको उक्त समुहले गाउँ वृद्ध गुणाखर खरेल द्वारा पिङ्गको उद्घाटन गर्दै गाउँमा युवा बेग्लै पहिचान हुनुको अनुभुति मिलेको स्थानीय बताउँछन । पहिला सुनसान रहेको गाउँमा अहिले चाडपर्वको रौनक छ । हराएर गएको खुसी फर्किएर आएको छ ।
सेतोमसी मार्फत कुरा गर्दै स्थानीयले बताए । हामी युवा पुस्तालाई अवसर दिनुपर्छ भन्छौँ , हामी युवा अवसर पनि पाउँछौँ तर निजी स्वार्थमा अलमलिएर बस्छौँ । यस्ता स्वार्थ बाट माथि उठेर तल्लो तहबाटै समाजसेवा गर्ने र यसरी समाज सेवामा लागिरहने बताउँछन उक्त समुहका सदस्य अमृत अर्याल ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology