Logo

२०८३, मंसिर १२गते


images
images

केरवानी माविमा जुनियर रेडक्रस सर्कलको सरसफाइ कार्यक्रम

केरवानी माविमा जुनियर रेडक्रस सर्कलको सरसफाइ कार्यक्रम

images
  • केरवानी माविमा जुनियर रेडक्रस सर्कलको सरसफाइ कार्यक्रम
    images

    देवदह । केरवानी माध्यमिक विद्यालयमा गठित जुनियर रेडक्रस सर्कल (जु.रे.स.) ले विद्यालय हाता तथा आसपासको क्षेत्रमा सरसफाइ गरेको छ ।

    images
    images
    images

    विद्यालयको वार्षिक कार्ययोजना अनुसार शुक्रबार आयोजित सरसफाइ अभियानअन्तर्गत विद्यालय हाताभित्रको आन्तरिक वातावरण र हाम्रो इपुना पार्क वरपर सफा गरिएको हो । कार्यक्रम विद्यालयका सह-प्रधानाध्यापक कमल ज्ञवालीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी (ने.रे.सो.) देवदह उपशाखाका उपकोषाध्यक्ष खेमानन्द ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    images
    images

    सरसफाइमा शिक्षकहरु र कक्षा १२ शिक्षा समूहका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

    images

     

    images
    images
    images
    images
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।