Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा डम्पिङ गरिएको झन्डै ५ लाख घनफुट अबैध नदिजन्य पदार्थ जफतमा ढिलासुस्ती

देवदहमा डम्पिङ गरिएको झन्डै ५ लाख घनफुट अबैध नदिजन्य पदार्थ जफतमा ढिलासुस्ती

images
  • देवदहमा डम्पिङ गरिएको झन्डै ५ लाख घनफुट अबैध नदिजन्य पदार्थ जफतमा ढिलासुस्ती
    images
    images

    विष्णु पोखरेल, देवदह । देवदह नगरपालिकाको कार्यपालिका बैठकबाट नदिजन्य पदार्थ सम्बन्धि जिल्ला समन्वय समिति रुपन्देहीको निर्णय कार्यान्वयनको लागि बनेको समितिको संयोजकले राजीनामा दिएका छन् । वडा नं. १ का अध्यक्ष समेत रहेका समितिका संयोजक दीपक नेपालले जिल्ला समन्वय समितिको अनुगमनमा पाईएको बराबरको नदिजन्य पदार्थ डम्पिङ साईटमा नदेखिएको हुनाले दिईएको जिम्मेवारी पूरा गर्न कठिन हुने भन्दै पदबाट राजिनामा दिएका हुन् ।

    images
    images
    images

    भदौ ५ गते बसेको जिल्ला समन्वय समितिको बैठकले देवदह नगरपालिकामा बैधानिक रुपमा जम्मा गरिएका नदिजन्य पदार्थमा १५ प्रतिशत कर लगाएर निश्चित समयभित्र विक्री गर्न दिने र अबैध ढंगले डम्पिङ गरिएका नदिजन्य पदार्थ जफत गरि नगरपालिकाले प्रयोग गर्न वा लिलामी प्रक्रिया अघि बढाउन गरेको परिपत्र अनुसार भदौ १० मा बसेको कार्यपालिकाको बैठकले सो निर्णय कार्यन्वयनका लागि दिपक नेपालको संयोजकत्वमा समिती गठन गरेको थियो ।

    images
    images
    images

    तपाईंको राजिनामा किन भन्ने प्रश्नको जवाफ दिपक नेपाल भन्छन् - "कार्यपालिका बैठकमा बैठक अघि एजेन्डाबारे जानकारी दिईएन । बैठकमा नगरप्रमुख ध्रुब प्रसाद खरेलले जिम्मेवारी सुम्पिनुभएपछी जिम्मेवारी लिए । तर पछि बुझ्दा जिल्ला समन्वय समितिले पठाएको तथ्यांक अनुसारको नदिजन्य पदार्थ डम्पिङ साईटमा देखिएन । पक्कै पनि जिम्मेवार निकायबाटै सूचना 'लिक' गरेर अबैध नदिजन्य पदार्थ डम्पिङ साईटबाट हटाईएको अनुभुती मैले गरेँ र यसरी काम गर्न सकिन्न भन्ने ठानेर राजीनामा दिएको हुँ ।"

    images
    images
    images

    कहाँ कति छ अबैध नदिजन्य पदार्थ ?
    वडा नं. ८ विशालनगर : ४५७६० घनफुट
    वडा नं. ७ बैरिमाई हाटघात नजिक : ३१६१६ घनफुट
    वडा नं. ७ गौरीगाउँ : २४२४० घनफुट
    वडा नं. १० शान्तिटोल र चिसापानी : १६५५० घनफुट
    वडा नं. ५ बैकुण्ठ नगर : ४५०७५ घनफुट
    वडा नं. ७ पिपलडाँडा : ८०५०८ घनफुट
    वडा नं. ८ बनकित्ता : ६१७७ घनफुट
    वडा नं. ७ मदनग्राम शिवमन्दिर उत्तर : २४५०० घनफुट
    वडा नं. ७ मदनग्राम दिपा कस्मेटिक अगाडि : १९७७ घनफुट
    वडा नं. १० वन कार्यालय अगाडि गौरीगाउँ : ४१०१६ घनफुट

    यस विषयमा कुरा बुझ्दा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले संयोजकले राजिनामा दिएको पुष्टि गर्दै थप निर्णय कार्यपालिका बैठकले गर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत पौडेलले थप जानकारी ईन्जिनियर रवि पाण्डेसंग लिन अनुरोध गरेपछि सेतोमसीसंग कुरा गर्दै नगरपालिकाका प्रमुख इन्जिनियर पाण्डेले नगरपालिकाले समयमै एक्सन लिन नसक्दा केही समस्या आएको स्विकार गरे । जिल्ला समन्वय समितिको बैठकमा जिल्लाका सुरक्षा प्रमुखहरू पनि सहभागी हुने उल्लेख गर्दै उनले सोही अनुसार स्थानीय प्रहरीलाई निर्देशन भएर काम अगाडि बढेको भए रातिमा हुने अबैध ओसारपसार रोक्न सहज हुने भएपनि त्यस्तो हुन नसकेको बताए । 

    सूचना चुहिएको कुरा इन्कार गर्दै इन्जिनियर पाण्डेले जिल्लाको अनुगमन टिम आएर अनुगमन तथा नापजाँच गर्दैगर्दा त्यसरी अबैध कारोबार गर्नेहरूले पनि देखेको हुनसक्ने र त्यसपछि 'माल' डम्पिङ साईटबाट स्थानान्तरण भएको हुन सक्ने बताए ।


    देवदहमा कहाँ कति छ अबैध नदिजन्य पदार्थको डम्पिङ

    जिल्ला समन्वय समितिले संकलन गरेको तथ्यांक अनुसार देवदहमा ४ लाख ६६ हजार ४ सय १९ घनफुट अबैध नदिजन्य पदार्थको देखिने गरि नै डम्पिङ गरिएको छ । यो जिल्ला समन्वय समितीले अनुगमनका क्रममा देखेको देवदहका मुख्य १० ठाउँमा डम्पिङ गरिएको अबैध नदिजन्य पदार्थको मात्रै तथ्यांक हो । त्यस बाहेक पनि दर्जनौं स्थानमा यसप्रकारका डम्पिङ रहेको र त्यसप्रकारको अबैध काम गर्नेहरूलाई स्थानीय प्रहरीदेखि राजनीतिक दलका केही नेता, जनप्रतिनिधि र पालिका कर्मचारीहरूको समेत संरक्षण रहेको स्थानीयहरू बताउँछन् ।

    जिल्ला समन्वय समितिको अनुगमन र नापजाँचमा देखिएको देवदहमा ठेक्का सम्झौता नगरी अबैध रुपमा डम्पिङ गरिएको नदिजन्य पदार्थको विवरण निम्न बमोजिम रहेकोछ । जसलाई जफत गरि १५ दिनभित्र  जिल्ला समन्वय समितिलाई जानकारी गराउन नगरपालिकालाई भदौ ५ गतेको जिल्ला समन्वय समितिको बैठकले स्पष्ट निर्देशन दिईएको छ । तर जिल्ला समन्वय समितिले दिएको समयसिमा सकिसक्दा समेत नगरपालिका अबैध डम्पिङ जफत गर्न सकेको छैन । नत सो बारे जिल्ला समन्वय समितिलाई जानकारी नै गराएको छ ।

    कहाँ कति छ अबैध नदिजन्य पदार्थ ?                 

    वडा नं. ८ विशालनगर : ४५७६० घनफुट
    वडा नं. ७ बैरिमाई हाटघात नजिक : ३१६१६ घनफुट
    वडा नं. ७ गौरीगाउँ : २४२४० घनफुट
    वडा नं. १० शान्तिटोल र चिसापानी : १६५५० घनफुट
    वडा नं. ५ बैकुण्ठ नगर : ४५०७५ घनफुट
    वडा नं. ७ पिपलडाँडा : ८०५०८ घनफुट
    वडा नं. ८ बनकित्ता : ६१७७ घनफुट
    वडा नं. ७ मदनग्राम शिवमन्दिर उत्तर : २४५०० घनफुट
    वडा नं. ७ मदनग्राम दिपा कस्मेटिक अगाडि : १९७७ घनफुट
    वडा नं. १० वन कार्यालय अगाडि गौरीगाउँ : ४१०१६ घनफुट

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।