देवदह । देवदह ७ मा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीको नेतृत्व चयन गर्न निर्वाचन भएको छ । विद्यार्थीहरुलाई संसदीय निर्वाचन प्रणाली सम्बन्धी व्यावहारिक र प्रयोगात्मक ज्ञान दिनुको लागि विद्यालय क्याप्टेन र भाइस-क्याप्टेनको निर्वाचन सम्पन्न भएको विद्यालयले जनाएको छ ।
कक्षा ५ देखि १० सम्मका करिब ५५० विद्यार्थीले मतदान गरेको निर्वाचनमा १९६ मत सहित राहुल बस्याल क्याप्टेनमा निर्वाचित तथा २३९ मत सहित भाइस क्याप्टेनमा सुसान्त पौडेल निर्वाचित भएको विद्यालयका सह-प्राचार्य प्रदीप अधिकारीले जानकारी दिए ।
निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलले व्यावहारिक ज्ञानबाट विद्यार्थीमा नेतृत्व विकास सम्बन्धी सकरात्मक प्रभाव पार्ने बताए ।
निर्वाचनमा आधारभुत तह संयोजक सुमन पाण्डेले प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी वहन गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology