Logo

२०८३, आश्विन ११गते


images
images

खुल्ला नक आउट फुटबल

भलुहीमा जारी खुल्ला नक आउट फुटबलमा देवदह ब्वाइजको विजयी सुरुवात

भलुहीमा जारी खुल्ला नक आउट फुटबलमा देवदह ब्वाइजको विजयी सुरुवात

images
  • भलुहीमा जारी खुल्ला नक आउट फुटबलमा देवदह ब्वाइजको विजयी सुरुवात
    images
    images

    देवदह । रुपन्देहीको देवदह भलुहीमा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिताको आइतवार सम्पन्न खेलमा देवदह ब्वाईज विजयी भएको छ । सिद्धार्थ फुटबल क्लव देवदह-१० लाई शुन्य का विरुद्ध ९ गोलको फराकिलो अन्तरले पराजित गर्दै देवदह व्याईज देवदह २ विजयी भएको हो । 

    images
    images
    images

    खेलको पहिलो हाफमा आसमन थापाको गोल मार्फत १-० को अग्रता बनाएको देवदह ब्वाईजले दोस्रो हाफमा थापाको व्यक्तिगत ४, सुजल चिडीको २ तथा प्रेम मगरको २ गोल मार्फत फराकिलो गोल अन्तरको जीत निकाल्न सफल भयो । खेलमा व्यक्तिगत ५ गोल गर्ने थापा म्यान अफ दि म्याच घोषित भए । 

    images
    images
    images

    प्रथम ११ ए साईड नकआउट फुटबल प्रतियोगिता उपभोक्ता समूह र संघार समूह भलुहीको संयुक्त आयोजनामा जारी प्रतियोगिता अन्तर्गत सोमवार सम्पूर्ण फुटवल क्लव मधवलिया र मनोभव फुटवल क्लव बुटवल बिच हुने समूहका अध्यक्ष पुकार केसीले जानकारी दिए । खेल दिउसो २ः३० बजे हुने भलुही खेल मैदानमा सुरु हुने केसीले बताए ।

    images
    images
    images

    कुल १३ टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगितामा विजेताले १ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तथा उप- विजेताले नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    प्रतियोगिताका म्यान अफ दि म्याचले देवदह आर्चरी बाट खेल भौचर तथा आयोजकको तर्फबाट नगद एक हजार प्रदान गरिने जनाईएको छ ।

    प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई लाई जनही नगद ३ हजार पाँच सय र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । 


     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।