देवदह । रुपन्देहीको देवदह भलुहीमा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिताको वुधवार सम्पन्न खेलमा मोनो स्टार गाइज सुनवल विजयी भएको छ । मायादेवी फुटवल क्लव टटेरालाई २-० गोल अन्तरले पराजित गर्दै मोनो स्टार विजयी भएको हो ।
प्रतियोगिता अन्तर्गत मोनो स्टारका विमल घर्ती मगरले खेलको पहिलो हाफमा एक गोल गरे भने दोस्रो हाफमा समेत उनले थप एक गोल गर्दै टिमलाई २ गोलको अग्रता दिलाए । मायादेवी फुटवल क्लवको तर्फबाट खेल अवधिभर कुनै गोल हुन नसकेपछि मोनो स्टारले सहज जीत हात पार्यो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु समेत खेलेका विमलको उपस्थितिले बुधवार दर्शकलाई अत्यन्त उत्साहित बनायो । खेलमा २ गोल गर्ने विमल म्यान अफ दि म्याच घोषित भए ।
प्रथम ११ ए साईड नकआउट फुटबल प्रतियोगिता उपभोक्ता समूह र संघार समूह भलुहीको संयुक्त आयोजनामा जारी प्रतियोगिता अन्तर्गत विहिवार योङ्ग व्वाईज शितलनगर र तिलोत्तमा ११ विच खेल हुने समूहका अध्यक्ष पुकार केसीले जानकारी दिए । खेल दिउसो २ः३० बजे हुने भलुही खेल मैदानमा सुरु हुने केसीले बताए ।
कुल १३ टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगितामा विजेताले १ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तथा उप– विजेताले नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका म्यान अफ दि म्याचलाई देवदह आर्चरी बाट खेल भौचर तथा आयोजकको तर्फबाट नगद एक हजार प्रदान गरिने जनाईएको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई लाई जनही नगद ३ हजार पाँच सय र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology