देवदह । रुपन्देहीको देवदह भलुहीमा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिताको सोमवार सम्पन्न खेलमा मनोभव फुटवल क्लव बुटवल विजयी भएको छ । सम्पूर्ण फुटवल क्लव मधवलियालाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै मनोभव विजयी भएको हो ।
खेलमा मनोभवका अजय नेपालीले टिमको लागि १४औं मिटनमा पहिलो गोल गरे । पहिलो हाफमा १-० को अग्रता बनाएको मनोभवको लागि खेलको ४१औं मिनटमा समुन्द्र ज्ञवालीले १ गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए । सम्पूर्णका लागि गोलका अवसरहरु बनेपनि उसले खेलमा पुनरागमन गर्न सकेन । खेलमा समुन्द्र ज्ञवाली म्यान अफ दि म्याच घोषित भए ।
प्रथम ११ ए साईड नकआउट फुटबल प्रतियोगिता उपभोक्ता समूह र संघार समूह भलुहीको संयुक्त आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मंगलवार डि युनिटी फुटवल क्लव खैरेनी र कोब्रा गाईज देवदहका बिच खेल हुने समूहका अध्यक्ष पुकार केसीले जानकारी दिए । खेल दिउसो २ः३० बजे हुने भलुही खेल मैदानमा सुरु हुने केसीले बताए ।
कुल १३ टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगितामा विजेताले १ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तथा उप– विजेताले नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका म्यान अफ दि म्याचलाई देवदह आर्चरी बाट खेल भौचर तथा आयोजकको तर्फबाट नगद एक हजार प्रदान गरिने जनाईएको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई लाई जनही नगद ३ हजार पाँच सय र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology