देवदह । रुपन्देहीको देवदह भलुहीमा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिताको शुक्रवार सम्पन्न खेलमा संघार समूह भलुही विजयी भएको छ । जेनजी-११ तिलोत्तमालाई १ का विरुद्ध ५ गोलले पराजित गर्दै संघार विजयी भएको हो ।
संघारको जीतका लागि अमित क्षेत्रीले ३ तथा मिलन आले मगरले २ गोल गरे । जेनजी-११ को लागि सान्त्वना गोल अंकित गुरुङ्गले गरे । खेलमा व्यक्तिगत ३ गोल गर्ने संघारका अमित म्यान अफ दि म्याच बने ।
प्रथम ११ ए साईड नकआउट फुटबल प्रतियोगिता उपभोक्ता समूह र संघार समूह भलुहीको संयुक्त आयोजनामा जारी प्रतियोगिता अन्तर्गत सनिवार तिलोत्तमा-११ र देवदह ब्वाइज देवदह विच खेल हुने समूहका अध्यक्ष पुकार केसीले जानकारी दिए । खेल दिउसो २ः३० बजे हुने भलुही खेल मैदानमा सुरु हुने केसीले बताए ।
कुल १३ टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगितामा विजेताले १ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तथा उप- विजेताले नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका म्यान अफ दि म्याचलाई देवदह आर्चरी बाट खेल भौचर तथा आयोजकको तर्फबाट नगद एक हजार प्रदान गरिने जनाईएको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई लाई जनही नगद ३ हजार पाँच सय र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology