देवदह । रुपन्देहीको देवदह भलुहीमा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिताको मंगलवार सम्पन्न खेलमा डि युनिटी फुटवल क्लव खैरेनी विजयी भएको छ । कोब्रा गाईज देवदहलाई ट्राइवेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै डि युनिटी विजयी भएको हो ।
खेलमा कोब्र गाइजका रोमन राईले चौथो मिनटमा पहिलो गोल गरे । त्यस्तै टिमको लागि ३२ औं मिनटमा ज्ञान रजालीले अर्को गोल थप्दै २-० को अग्रता दिलाए । दोस्रो हाफमा त्यो अग्रतालाई कायम राख्न नसक्दा डि युनिटीका नमराज थापा र सोन्टा थापाले २ गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याएसंगै ट्राइवेकरमा पुगेको हो । मंगलवारको ट्राइवेकरमा समेत उत्कृष्ट बचाउ गर्ने डि युनिटीका गोलकिपर समिर बस्याल म्यान अफ दि म्याच घोषित भए ।
प्रथम ११ ए साईड नकआउट फुटबल प्रतियोगिता उपभोक्ता समूह र संघार समूह भलुहीको संयुक्त आयोजनामा जारी प्रतियोगिता अन्तर्गत बुधवार मायादेवी फुटवल क्लव टटेरा र मोनो स्टार गाइज सुनवलका बिच खेल हुने समूहका अध्यक्ष पुकार केसीले जानकारी दिए । खेल दिउसो २ः३० बजे हुने भलुही खेल मैदानमा सुरु हुने केसीले बताए ।
कुल १३ टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगितामा विजेताले १ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तथा उप- विजेताले नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका म्यान अफ दि म्याचलाई देवदह आर्चरी बाट खेल भौचर तथा आयोजकको तर्फबाट नगद एक हजार प्रदान गरिने जनाईएको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई लाई जनही नगद ३ हजार पाँच सय र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology