Logo

२०८३, आश्विन ११गते


images
images

खुल्ला नकआउट फुटबल

भलुहीमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि मोनोस्टारलाई

भलुहीमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि मोनोस्टारलाई

images
  • भलुहीमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि मोनोस्टारलाई
    images
    images

    देवदह । रुपन्देहीको देवदह भलुहीमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि मोनोस्टार गाईज सुनवलले हात पारेको छ । तिलोत्तमा–११ विरुद्धको खेलमा शुन्यका विरुद्ध दुई गोल गर्दै मोनोस्टारले उपाधि जितेको हो । 

    images
    images
    images

    फाइनल प्रतिष्पर्धामा मोनोस्टारको लागि खेलको पहिलो हाफको २९औं मिनटमा जर्सी नं ११ का निखिल पुनले पहिलो गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको मोनोस्टारको लागि दोश्रो हाफको आठौं मिनटमा जर्सी नं ४ का कप्तान विमल घर्ती मगरले थप एक गोल गरे । दोस्रो हाफको अन्त्य तिर पेनाल्टीको अवसरमा भने विमल गोल गर्नबाट चुके । खेलको म्यान अफ दि म्याच मोनोस्टारका निखिल पुन बने । 

    images
    images
    images

    प्रतियोगिताको उपाधि जितेसँजै मोनोस्टारले १ लाख ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै पराजयसँगै उपविजेता बनेको तिलोत्तमाले नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    images
    images
    images

    प्रथम ११ ए साईड नकआउट फुटबल प्रतियोगिता उपभोक्ता समूह र संघार समूह भलुहीको संयुक्त आयोजनामा भएको प्रतियोगिताका विजेतालाई देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्रीले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरे । 

    सोही अवसरमा बोल्दै केसीले युवा र खेलकुदका विच अन्योन्याश्रीत सम्बन्ध रहेको बताए । खेल स्वास्थ्यको लागि महत्वपूर्ण हुने भएकाले युवाहरुले खेलकुदका क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ९ का अध्यक्ष मोहनबहादुर जिसीले युवाहरुलाई खेलमा आकर्षित गर्नका लागि वडाले विभिन्न कर्यक्रमहरु गरिरहेको बताए । 

    समूहका अध्यक्ष पुकार केसीको अध्यक्षता र डा. आविश्कार पराजुलीको संचालनमा समापन कार्यक्रम सम्पन्न भएको हो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।