Logo

२०८३, आश्विन ११गते


images
images

खुल्ला नक आउट फुटबल

भलुहीमा जारी खुल्ला नक आउट फुटबल : तिलोत्तमा र मोनोस्टार फाइनलमा

भलुहीमा जारी खुल्ला नक आउट फुटबल : तिलोत्तमा र मोनोस्टार फाइनलमा

images
  • भलुहीमा जारी खुल्ला नक आउट फुटबल : तिलोत्तमा र मोनोस्टार फाइनलमा
    images
    images

    देवदह । रुपन्देहीको देवदह भलुहीमा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिताको फाइनलमा मोनोस्टार गाईज सुनवल र तिलोत्तमा–११ बिच प्रतिस्पर्धा हुने भएको छ । आज भएको दोस्रो सेमिफाइनल खेलमा संघार समूह भलुहीलाई १-० गोल अन्तरले पराजित गर्दै तिलोत्तमा ११ ले मोनोस्टारसँगको फाईनल भेट पक्का गरेको हो ।

    images
    images
    images

    खेलमा तिलोत्तमाबाट जर्सी नं १३ का गणेश हमालले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफमा पुरै दवावमा रहेको संघारले दोस्रो हाफमा विपक्षी टिमलाई केहि दवावमा राखेपनि गोलको खाता भने खोल्न सकेन । खेलमा निर्णायक गोल गर्ने तिलोत्तमाका गणेश म्याव अफ दि म्याच घोषित भए ।

    images
    images
    images

    यसअघि हिजो भएको पहिलो सेमिफाईनल खेलमा मनोभव फुटबल क्लव बुटवललाई २-१ गोल अन्तरले पराजित गर्दै मोनोस्टारले फाईनल यात्रा तय गरिसकेको थियो ।

    images
    images
    images

    प्रथम ११ ए साईड नकआउट फुटबल प्रतियोगिता उपभोक्ता समूह र संघार समूह भलुहीको संयुक्त आयोजनामा जारी प्रतियोगिता अन्तर्गत फाईनल खेल बुधवार दिउसो २ः३० बजे भलुही खेल मैदानमा सुरु हुने समूहका अध्यक्ष पुकार केसीले जानकारी दिए ।

    कुल १३ टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगितामा विजेताले १ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तथा उप-विजेताले नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    प्रतियोगिताका म्यान अफ दि म्याचलाई देवदह आर्चरी बाट खेल भौचर तथा आयोजकको तर्फबाट नगद एक हजार प्रदान गरिने जनाईएको छ ।
    प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई लाई जनही नगद ३ हजार पाँच सय र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।