Logo

२०८३, आश्विन ११गते


images
images

खुल्ला नक आउट फुटबल

मोनोस्टार गाइज, भलुहीमा जारी खुल्ला नक आउट फुटबलको फाइनलमा

मोनोस्टार गाइज, भलुहीमा जारी खुल्ला नक आउट फुटबलको फाइनलमा

images
  • मोनोस्टार गाइज, भलुहीमा जारी खुल्ला नक आउट फुटबलको फाइनलमा
    images
    images

    देवदह । मोनोस्टार गाईज सुनवल रुपन्देहीको देवदह भलुहीमा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मनोभव फुटवल क्लब बुटवललाइ २-१ गोल अन्तरले पराजित गर्दै मोनोस्टार फाईनलमा प्रवेश गरेको हो ।

    images
    images
    images

    मोनोस्टारको जीतका लागि आशिस गुरुङ र विमल घर्ती मगरले १÷१ गोल गरे । खेलमा मनोभवका मनिष तामाङले टिमको लागि सान्त्वना गोल गरेपनि त्यो जीतका लागि प्रयाप्त बनेन । खेलमा १ गोल सहित उत्कृष्ट प्रदर्शन गर्ने मोनोस्टारका आशिष गुरुङ म्याव अफ दि म्याच घोषित भए ।

    images
    images
    images

    प्रथम ११ ए साईड नकआउट फुटबल प्रतियोगिता उपभोक्ता समूह र संघार समूह भलुहीको संयुक्त आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मंगलवार दोश्रो सेमिफाईनल खेलमा संघार समूह भलुही र तिलोत्तमा-११ विच प्रतिष्पर्धा हुने समूहका अध्यक्ष पुकार केसीले जानकारी दिए । खेल दिउसो २ः३० बजे हुने भलुही खेल मैदानमा सुरु हुने केसीले बताए ।

    images
    images
    images

    कुल १३ टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगितामा विजेताले १ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तथा उपविजेताले नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    प्रतियोगिताका म्यान अफ दि म्याचलाई देवदह आर्चरी बाट खेल भौचर तथा आयोजकको तर्फबाट नगद एक हजार प्रदान गरिने जनाईएको छ ।
    प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई लाई जनही नगद ३ हजार पाँच सय र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।