देवदह । रुपन्देहीको देवदह भलुहीमा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिताको आइतवार सम्पन्न खेलमा मनोभव फुटवल क्लब बुटवल विजयी भएको छ । डि यूनिटी खैरेनीलाई २-१ गोल अन्तरले पराजित गर्दै भनोभव विजयी भएको हो ।
मनोभवको जीतका लागि समुन्द्र गुरुङ र आयूस तामाङले १÷१ गोल गरे । डि यूनिटीका लागि सान्त्वना गोल भुपेश मगरले गरे । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने मनोभवका अनुज थापा म्याव अफ दि म्याच घोषित भए ।
प्रथम ११ ए साईड नकआउट फुटबल प्रतियोगिता उपभोक्ता समूह र संघार समूह भलुहीको संयुक्त आयोजनामा जारी प्रतियोगिता अन्तर्गत सोमवार हुने पहिलो सेमिफाईनल खेलमा मोस्टार गाईज सुनवल र मनोभव विच प्रतिष्पर्धा हुने समूहका अध्यक्ष पुकार केसीले जानकारी दिए । खेल दिउसो २ः३० बजे हुने भलुही खेल मैदानमा सुरु हुने केसीले बताए ।
कुल १३ टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगितामा विजेताले १ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तथा उप– विजेताले नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका म्यान अफ दि म्याचलाई देवदह आर्चरी बाट खेल भौचर तथा आयोजकको तर्फबाट नगद एक हजार प्रदान गरिने जनाईएको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई लाई जनही नगद ३ हजार पाँच सय र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology